Sajhamanch Archive

उत्तर कोरियाद्वारा सबैभन्दा ठूलो सैन्य परेडको तयारी

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौं । उत्तर कोरियाले सबैभन्दा ठूलो सैन्य परेडको तयारी गरेको छ । अमेरिकाले आर्थिक प्रतिवन्ध लगाएयता लगातार सैन्य शक्ति प्रदर्शन गरीरहेको उत्तर कोरियाले आणविक हतियार परीक्षणको समेत तयारी गरेको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले आंकलन गरेका छन् ।

वर्कर्स पार्टीको ७५ औं वर्षगाँठ मनाउने तयारी गरेको उत्तरले थप सैन्य अभ्यास तथा आणविक हतियार प्रक्षेपण गर्न सक्ने अनुमान गरिएको छ । अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिकीँदै गएका बेला उत्तर कोरियाले पुनः आफ्नो शक्ति प्रदर्शन गर्न लागेको हो ।

सन् २०१८ मा अमेरिकासँग पहिलो पटक वार्ता गरेयता उत्तर कोरियाले सैन्य शक्ति प्रदर्शनका क्रममा आणविक हतियारहरुको प्रर्दशन गरेको थिएन । फेब्रुअरीमा दुवै पक्षबीच भएको वार्ता भंग भएपछि उत्तर कोरियाले छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षणको क्रमलाई निरन्तरता दिएको छ ।

यसैबीच विश्वविद्यालयका अनुसन्धानकर्ताहरु समेत उक्त परेडमा सहभागी हुने बताइएको छ । मिसाइल र आणविक हतियार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनुसन्धानकर्ताहरुलाई समेत सहभागी गराएर उत्तर कोरियाले आफ्नो शक्ति देखाउन खोजेको विश्लेषण गरिएको छ ।

एन केन्युजका अनुसार उत्तर कोरियाले यस्ता घटनाहरु बाहिरी विश्वलाई संकेत गर्न प्रयोग गर्दैन । उत्तर कोरियाले घरेलु स्रोतको वंशाणुगत शक्ति कायम गर्न यस्ता प्रदर्शनहरु बेला बेलामा गर्ने बताइएको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *