Sajhamanch Archive

‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ गोरखाका पन्तलाई

Published: in समाज by .

झापा । रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाले निजी क्षेत्रमा स्थापना गरेको सर्वाधिक राशीको ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ गोरखाका गाईपालक राजेन्द्रराज पन्तलाई दिने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले शुक्रबार एक विज्ञप्ति मार्फत पुरस्कार पन्तलाई दिने जनाएका छन् ।पुरस्कारको राशी एक लाख एक हजार एक सय एघार रुपैयाँँ रहेको छ ।

पालुङटार –७ च्याङ्लीमा पन्तले २०५२ सालदेखि चलाएको कामधेनु गाईपालन केन्द्रमा ३५० वटा गाई पालिएको छ । उक्त पुरस्कार कोरोना महामारी केही कम भएपछि वितरण गरिने बताइएको छ । भद्रपुर–७ मा प्रतिष्ठानको कार्यालय छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *