Sajhamanch Archive

स्वास्थ्यकर्मीसहित झापामा २९ जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा शुक्रबार ४ महिला र २५ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो

भद्रपुरमा एक महिलासहित १३ जना, बिर्तामोडमा ६ जना, मेचीनगरमा ५ जना, अर्जुनधारामा २ जना, कमल, गौरीगञ्ज गाउँपालिका र गौरादह नगरपालिकामा १-१ जनामा संक्रमण पुष्टि भएको छ ।

भद्रपुरका संक्रमितमध्ये २ जना स्वास्थ्यकर्मी, एकजना बैंकका कर्मचारी रहेका छन् । त्यस्तै, बिर्तामोडका संक्रमित चारजना ट्राफिक प्रहरी र दुईजना बैंकका कर्मचारी छन् ।

त्यस्तै, मेचीनगरमा ३ महिलासहित ५ जना संक्रमित भएका छन् । जसमा एकजना बैंकका कर्मचारी छन् भने बाँकी स्थानीय बासिन्दा रहेका छन् । अर्जुनधाराका २ जना पुरुष, कमलका ४१ वर्षीय पुरुष, गौरीगञ्जका २३ वर्षीय पुरुष र गौरादहका ३४ वर्षका पुरुष रहेका छन् ।

झापामा हालसम्म संक्रमितको संख्या एक हजार ३२ जना पुगेको छ भने ८४८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *