Sajhamanch Archive

बजार अनुगमनमा चेम्बर व्यवसायी सहभागी गराउन आग्रह

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

झापा । चेम्बर अफ कमर्स झापाले बजार अनुगमन गर्दा चेम्बरलगायत व्यवसायी प्रतिनिधिलाई पनि सहभागी गराउन आग्रह गरेको छ ।

शुक्रबार चेम्बर अफ कमर्स झापा विज्ञप्ति निकाल्दैँ अनुगमनले कतिपय व्यवसायी गलत कारवाहीमा परेको उल्लेख गरेको छ ।

‘अत्याधिक भन्सार दरका कारण आयातकर्ताले न्यून मूल्याङकन गरी सामान आयात गर्दा र बिक्रेतासँग असुलिएको मूल्यभन्दा ५० देखि १ सय प्रतिशतसम्म कम मूल्यको बिल ग्राहकका लागि बिक्री गर्दा वास्तविक मूल्यभन्दा घटीको भ्याट बिल काट्नु पर्ने बाध्यता रहेकाले अनुगमनमा साना व्यवसायी कारवाहीको भागिदार हुनुपरेको गुनासो चेम्बर अफ कमर्समा आएको छ’ विज्ञप्तिमा उल्लेख छ ।

लामो समय देखिको लकडाउनका कारण स्टकमा रहेको उपभोग्य सामग्रीको म्याद समाप्त भएको हुनसक्ने भएकाले सबै व्यवसायीलाई आफ्नो स्टकको अनुगमन गर्नसमेत आग्रह गरेको चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमप्रकाश विमलीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *