Sajhamanch Archive

कोरोना संक्रमित आइसोलेसनमा नबसे ६ महिना कैद

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको व्यक्ति आइसोलेसनमा नबसे ६ महिना जेल सजाय भोग्‍नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पुष्टि भइसकेका व्यक्ति आइसोलेसनमा नबसेको भन्दै त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐनअन्तर्गत ६ महिना जेल सजाय हुने बताएको हो ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित व्यक्तिहरु आइसोलेसनमा नबसी भिडभाडमा गइरहेको सूचना आएको भन्दै उनले त्यस्ता व्यक्तिलाई कारबाही गर्न मन्त्रालयले गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयलाई खबर गरिसकेको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *