Sajhamanch Archive

झापा उद्योग वाणिज्य संघ चारआली शाखा मेचीमा मर्ज

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय, समाज by .

मेचीनगर । मेचीनगरस्थित चारआलीको झापा उद्योग वाणिज्य संघको शाखा शुक्रबारदेखि मेची उद्योग वाणिज्य संघमा मर्ज भएको छ ।

शुक्रबार मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित संस्था मर्ज कार्यक्रममा चारआली शाखालाई विधिवत रुपमा मर्ज गरिएको हो ।

संस्थाका अध्यक्ष ऋषिराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यता, उपप्रमुख मीना पोखरेल उप्रेतीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा झापा उद्योग वाणिज्य संघ शाखा चारआलीका अध्यक्ष शरद शिवाकोटी र मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले सम्झौता पत्र एकआपसमा आदानप्रदान गरी औपचारिक रुपमा मर्ज भएको घोषणा गरियोे ।

कार्यक्रममा नगरप्रमुख आचार्य, उपप्रमुख उप्रेती, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, मेची उद्योग बाणिजय संघका संस्थापक अध्यक्ष पन्नालाल जैनलगायतले मन्तव्य राखेका थिए ।

सम्झौता अनुसार झापा उद्योग वाणिज्य संघ–शाखा चारआलीको आ.व. २०७३/०७४ को वार्षिक लेखा परिक्षण प्रतिवेदन अनुसारका सम्पूर्ण दायित्व, जिम्मेवारी तथा चल, अचल सम्पत्तिको जिम्मेवारी मेची उद्योग वाणिज्य संघको हुने, मेची उद्योग वाणिज्य संघको वर्तमान कार्यकारिणी समितिमा तत्कालिन झापा उद्योग वाणिज्य संघ–शाखा चारआलीका पदाधिकारी मध्ये उपाध्यक्ष सन्तोष न्यौपाने, सचिव मोहन अधिकारी र कोषाध्यक्ष सबिना बजगाईलाई स्थायी आमन्त्रित सदस्य मनोनयन गरि कार्यकारिणी समितिमा प्रतिनिधित्व गराउने, अनुभव र रुची अनुसारको कुनै विषयगत समिति गठन गर्न आवश्यक देखिएमा उपसमिति गठन गरि सभापतिको जिम्मेवारी प्रदान गर्ने, मेची उद्योग वाणिज्य संघको सल्लाहकारमा झापा उद्योग वाणिज्य संघ–शाखा चारआलीका वर्तमान एवम् भूतपूर्व अध्यक्ष समेत २ जनालाई समावेश गर्ने रहेका छन् ।

त्यस्तै झापा उद्योग वाणिज्य संघ–शाखामा कार्यरत कर्मचारीलाई मेची उद्योग वाणिज्य संघको तर्फबाट निजले संघको वार्षिक लेखा परिक्षण प्रतिवेदनमा पाउन देखिएको रकम बराबर थप प्रोत्साहन रकमसहित स–सम्मान विदाई गर्ने, झापा उद्योग वाणिज्य संघ–शाखाद्वारा जारी गरिएका सदस्यता प्रमाण–पत्रसहित नविकरण गर्ने व्यवसायीहरुलाई मेची उद्योग वाणिज्य संघका नियमित साधारण सदस्य सरहको छुट सुविधा उपलव्ध गराउने लगायतका बुँदामा सम्झौता भएको जनाइएको छ ।

संस्थाका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव ध्रुब कनालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *