Sajhamanch Archive

युवा दिवसमा विद्यार्थीलाई शैक्षिक सामग्री

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । युवा संघ नेपाल भद्रपुर नगर कमिटीले भद्रपुर–४ स्थित एक सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्र्री प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आइतबार भद्रपुर ४ स्थित जनकल्याण आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री (कपी, पेन्सिल, इरेजर, सार्पनर) वितरण गरिएको हो ।

विद्यालय परिसरमा युवा संघ भद्रपुरका अध्यक्ष डिल्लीराम पोखरेलको अध्यक्षतामा आयोजित समारोहमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

कमिटीका सचिव मोहन गुप्ताको सञ्चालन र उपाध्यक्ष बिक्रम कोइरालाले स्वागत गरेको समारोहमा प्रमुख अतिथि युवा संघ नेपाल झापाका अध्यक्ष शम्भु भण्डारी थिए । कार्यक्रममा नेकपा भद्रपुर नगर इन्चार्ज असारु राजवंशी, बिगठित नेकपा एमाले भद्रपुर नगर अध्यक्ष ब्रह्मलाल ढुंगाना, युवा संघ नेपालका जिल्ला सदस्य तथा नगर इन्चार्ज नारायण ओलीको सहभागिता थियो ।

यस्तै, जिल्ला कमिटी सदस्य दिपक अग्रवाल, क्षेत्रीय अध्यक्ष बासु गिरी, सचिव अर्जुन बानियाँ, भद्रपुर ६ नं वडा सदस्य प्रकाश शर्मा, ७ नं वडा सदस्य पोषराज पौडेल, विद्यालयका प्रधानाध्यापक बालानाथ रेग्मीलगायतले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *