Sajhamanch Archive

सहारा नेपालद्वारा एकल महिलालाई प्रोत्साहन भत्ता वितरण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

कमल । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था अन्तरगत सेवाकेन्द्र दमकले प्रोत्साहन रकम वितरण गरेको छ ।

संस्थामा आवद्ध १७ जना एकल महिला शेयर सदस्यहरुलाई जनही ८ हजार स्पैयाका दरले प्रोत्साहन रकम वितरण गरेको हो ।

संस्थाले एक कार्यक्रमका बीच एकल महिला, एकल पुरुष, बृद्ध भत्ता, पोषण भत्ता र फरक क्षमता भएका सदस्यहरुलाई प्रोत्साहन रकम वितरण गरेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका बरिष्ठ सहायक प्रवन्धक डम्वर बहादुर प्रधानले जानकारी दिए ।

संस्थाले हरेक वर्ष विविध कार्यक्रमको आयोजनागरी सस्थामा अववद्ध एकल महिला , एकल पुरुष, बृद्ध भक्ता र फरक क्षमता भएका व्याक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै आएकोमा यो वर्ष कोभिड १९ को कारण सामाजिक दुरी कायम गर्दै प्रत्येक सेवाकेन्द्रमबाट प्रोत्साहन रकम वितरण गरेको प्रधानले बताए ।

सस्थामा आवद्ध ५ सय १० जना सदस्यहरुलाई यस किसिमको भक्ता वितरण गरिने समेत प्रधानले जनाएको छ ।

सेवाकेन्द्र दमकका संयोजक तारा बरालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीका तर्फबाट सदस्य पवित्रा श्रेष्ठ र इन्द्र कुमारी धितालले सहारा नेपाल सदस्य तथा विपन्नकालागि सहारा नै भएको र सहाराको सदस्य आफु बन्न पाउदा निकै गौरवान्दित भएको बताए ।

संस्थाले हाल प्र्रदेश नम्वर १ का ११ जिल्लामा ६७ वटा सेवा केन्द ्रमार्फत करीब १लाख ४५ हजार सदस्यलाई वित्तिय तथा गैर वित्तिय सेवाहरु स्वास्थ्य सुविधा, मरिमराउ सुविधा, सामाजिक सुरक्षा भत्ता लगायतका सुविधा वितरण गर्दै आएको छ ।
कार्यक्रम सञ्चालक सदस्य कुल प्रसाद भट्टराई, अनिता नेपाली र दुर्गा प्रसाद कोईरालाको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *