Sajhamanch Archive

झापामा थप २३ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार ५ महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मेचीनगरमा ७ जना, बिर्तामोडमा ६ जना, भद्रपुरमा २ महिलासहित ३ जना, दमकमा एक महिलासहित ४ जना, कनकाई र अर्जुनधारामा १-१ जना महिला र गौरादहमा एक जना पुरुषमा संक्रमण भएको हो । संक्रमित सबै व्यक्ति स्थानीय बासिन्दा हुन् ।

भद्रपुरका संक्रमित २ जना अस्पतालका कर्मचारी हुन् भने अर्जुनधारा, कनकाई र दमकका संक्रमित व्यक्तिले विराटनगरस्थित विराट मेडिकल कलेजबाट स्वाब संकलन गराएका थिए । गौरादहका व्यक्तिले भने धरानबाट स्वाब संकलन गराएका थिए । मेचीनगरका एक व्यक्तिको ठेगाना ताप्लेजुङ बताइएको छ ।

झापामा एक हजार ५५ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ८८९ जना निको भइ घर फर्किसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *