Sajhamanch Archive

इटाभट्टामा महिला हिंसा एवम् बलात्कारविरुद्ध प्रदर्शन

Published: (Updated: ) in लोकप्रिय, समाज by .

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नंं.७ इटाभट्टामा महिला हिंसा एवम् बलात्कारविरुद्ध र्याली निकालिएको छ ।

महिला जागरण क्लब मेचीनगरले आयोजना गरेको र्यालीमा, ‘मौन बसेको सरकार किन बढ्दैछ बलात्कार’, ‘९ महिनाकी बालिकाको के दोष ?’, कोरोनाबाट मर्न तयार छु तर बलात्कृत भएर कदापि छैन ’, ‘महिला राष्ट्रपति भएको देशमा महिला नै असुरक्षित किन ?’ जस्ता नारा लेखिएका प्लेकार्डसहित इटाभट्टा परिक्रमा गरिएको थियो ।

क्ववकी अध्यक्ष लुना दाहालको अध्यक्षतामा भएको कार्यक्रममा किशोरी/ किशोरी देखि आम सर्वसाधारणको सहभागिता रहेको थियो ।

र्यालीपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै लेखक उज्वल प्रसाईं, स्थानीय युवा सागर शिवाकोटी, माइती नेपालकी प्रतिनिधि सारथी राजवंशीलगायतले महिलामाथि हुने हिंसाको विरुद्धमा घरैबाट खुलेर बोल्न र प्रतिवाद गर्न सक्नु पर्नेमा जोड दिए ।

महिलामाथि हुने गरेको विभेद र शोषणमा महिलाहरुले नै लुकाउने, प्रलोभनमा पारिने हुँदा बलात्कार र महिला हिंसाका घटना बढ्दै गएको भन्दै कार्यक्रमका बक्ताहरुले पुरुष प्रधान समाज र छोरालाई सक्षम र छोरीलाई कमजोर आँक्ने मानसिकताबाटै बलात्कार र हिंसालाई प्रसय दिएको बताए ।

क्लवकी सह–सचिव नर्वदा लुइटेलले क्लव स्थापना र कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव कुसुम दाहालले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *