Sajhamanch Archive

चारआलीमा ४७ जनाले गरे रगत दान

Published: (Updated: ) in लोकप्रिय, समाज by .

मेचीनगर । झापाको मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

चारआली जेसीजको आयोजना तथा लायन्स क्लब अफ धाइजन चारआली, ग्लोबल आइएमई बैंक चारआली शाखा,कृष्ण प्रणामी युवा परिषद चारआली,सब्जी मण्डी सहकारी संस्था चारआली एवं मेचीनगर नगरपालिका वडा नं.१२ र १३ को संयोजन र नेपाल रेडक्रस सोसाईटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीमा आयोजित रक्तदानमा ५ महिलासहित ४७ जनाले रगत दान गरेको जेसिजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सन्देश न्यौपानेले जानकारी दिए ।

चारआली जेसिजका अध्यक्ष दिपेन्द्र निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसिजका उपाध्यक्ष विशाल थापा, मेचीनगर नगरपालिका वडा नं.१३ का वडाध्यक्ष कृष्णराज सिग्देल, लायन्स क्लब अफ धाइजन चारआलीका अध्यक्ष हरि घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम संयोजक सन्देश न्यौपानेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव टिका रिजालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *