Sajhamanch Archive

झापामा खुकुरीले हानेर आफ्नै श्रीमतीको हत्या

Published: in समाज by .

झापा । झापाको कमल गाउँपालिका वडा नं.२ त्रिवेणी चोकमा एक युवकले आफनै श्रीमतीलाई खुकुरीले हानेर हत्या गरेका छन ।

स्थानीय ३४ बर्षिय रामजी थापाले आफनै श्रीमती २४ बर्षिया रीता थापाको हत्या गरेका हुन । आपसी विवादका क्रममा शनिबार बेलुकी सवा ५ बजेतिर थापाले श्रीमतीको हत्या गरेका हुन ।

थापाले श्रीमतीको घाँटीमा खुकुरी हान्दा घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *