Sajhamanch Archive

भारतमा संक्रमित संख्या ७० लाख नाघ्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

पछिल्लो समय विश्वमै कोरोना भाइरसको संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ७० लाख नाघेको छ ।

एकै दिन ७४ हजार पाँच सय ३५ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ७० लाख ५१ हजार पाँच सय ४३ पुगेको हो । कोरोनाका कारण भारतमा एक लाख आठ हजार तीन सय ७१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा नौ सय २१ जनाको ज्यान गयो ।

संक्रमितमध्ये ६० लाख ७४ हजार आठ सय ६३ जना उपचारपछि घर फर्किएका छन् । आठ लाख ६८ हजार तीन सय नौ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत विश्वमा संक्रमणबाट प्रभावित हुनेमध्ये हालसम्म दोस्रो नम्बरमा छ । एकै दिन ४८ हजार नौ सय ४७ नयाँ बिरामी थपिएपछि अमेरिकामा संक्रमित संख्या ७९ लाख ४३ हजार पाँच सय ७६ पुगेको छ । अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो ।

दुई लाख १९ हजार दुई सय ५४ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । एकै दिन छ सय सात जना संक्रमितको मृत्यु भयो । संक्रमितमध्ये ५० लाख ८५ हजार चार सय ४९ जना उपचारपछि घर फर्किएका छन् । २६ लाख ३८ हजार आठ सय ७३ जना उपचाररत रहेकोमा १४ हजार सात सय ७७ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा संक्रमित संख्या ५० लाख ९१ हजार आठ सय ४० पुगेको छ । कोरोनाबाट प्रभावित मुलुकमध्ये तेस्रो नम्बरमा रहेको ब्राजिलमा २४ घण्टाभित्र ३४ हजार छ सय ५० नयाँ बिरामी थपिए । एक लाख ५० हजार दुई सय ३६ संक्रमितले ज्यान गुमाइसकेका छन् । एकै दिन पाँच सय ४४ जनाको मृत्यु भयो । ४४ लाख ५३ हजार सात सय २२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । चार लाख ८७ हजार आठ सय ८२ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या तीन करोड ७४ लाख ४८ हजार सात सय ११ पुगेको छ । पछिल्लो २४ घण्टाभित्रमा तीन लाख ५० हजार तीन सय ९० नयाँ संक्रमित थपिए । संक्रमण पुष्टि भएकामध्ये १० लाख ७७ हजार एक सय ९० जनाको मृत्यु भइसकेको छ । एकै दिन चार हजार नौ सय ७४ जनाको ज्यान गयो ।

दुई करोड ८० लाख ९७ हजार सात सय ६७ संक्रमित उपचारपछि कोरोना मुक्त भएका छन् । ८२ लाख ७३ हजार सात सय ५४ जना उपचाररत रहेकोमा ६८ हजार छ सय ९३ जनाको अवस्था चिन्ताजनक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *