Sajhamanch Archive

प्रभास र दीपिकाको फिल्ममा अमिताभ बच्चनको इन्ट्री

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

अभिनेता अमिताभ बच्चनले दीपिका पादुकोण र प्रभाससँग एउटै फिल्ममा काम गर्ने भएका छन् । व्याजयन्ती मुभिजको फिल्ममा उनीहरु एकसाथ देखिन लागेका हुन् । प्रभास र दीपिकासँग निर्माण कम्पनीले यसअघि नै सम्झौता गरेको थियो । शुक्रवार व्याजयन्ती मुभिजले यूट्युबमा एक भिडियो सार्वजनिक गर्दै फिल्ममा अमिताभ बच्चनको प्रवेश भएको जानकारी गराएको हो ।

भिडियोमा अमिताभ बच्चनले काम गरेका केही यादगार फिल्मको झलक देखाइएको छ । फिल्मलाई नाग अश्विनले निर्देशन गर्दैछन् । कयैन् सफल निर्माण निर्माण गरिसकेको साउथ इन्डियन फिल्म प्रोडक्सन हाउस व्याजयन्ती मुभिजका अनुसार, तत्काललाई फिल्मको नाम ‘प्रभास २१’ राखिएको छ । यो फिल्मका लागि प्रभासले मात्र ५० करोड पारिश्रमिक बुझेका छन् ।

फिल्ममा अमिताभ बच्चनको प्रवेश भएपछि निर्देशक नाग अश्विनले भनेका छन्, ‘म आफैंलाई भागयशाली र ब्लेस्ड मान्छु कि बच्चन सरले कयौं विकल्पका बीच हाम्रो फिल्म चयन गर्नुभयो । फिल्ममा उहाँको मुख्य भूमिका रहनेछ ।’ साइन्स फिक्सन यो फिल्म वर्ल्ड वार ३ को कहानीमा आधारित हुनेछ । फिल्मलाई सन् २०२२ मा संसारभर एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *