Sajhamanch Archive

बिर्तामोडका १५ सहित झापामा ५५ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १९ जना महिला रहेका छन् भने ३६ जना पुरुष छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार दमक नगरपालिकामा २५ जना, बिर्तामोड नगरपालिकाका १५ जनामा  संक्रमण पुष्टि भएको छ । संक्रमित महिला तथा पुरुष सबै जना स्थानीय हुन् ।

मेचीनगर नगरपालिकाका २ जना र भद्रपुरका एक जना संक्रमित बैंकका कर्मचारी हुन् भने बिर्तामोडका ९ जना स्वास्थ्यकर्मी रहेको फोकल पर्सन जीवन चौलागाईले जानकारी दिएका छन् ।

उनका अनुसार मेचीनगरका ५ जना पुरुष, भद्रपुरका १ महिला, २ पुरुष, बिर्तामोडका ५ महिला र १० पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै, दमकमा ११ महिला र १४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कमल गाउँपालिकामा २ जना पुरुष,बह्रदशी गाउँपालिका र शिवसताक्षी नगरपालिकामा समान १-१ जना महिला, झापा गाउँपालिका, कनकाई र गौरादहमा समान १-१ जना पुरुषमा  संक्रमण पुष्टि भएको छ ।

झापामा कुल संक्रमित संख्या पुगेको १११० छ पुगेको भने ८८९ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *