Sajhamanch Archive

बिर्तामोडका तीनवटा वडा कार्यालय बन्द

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । बिर्तामोड नगर क्षेत्रका तीनवटा वडा कार्यालय तीन दिनका लागि बन्द गरिएको छ । समुदाय तहमा कोरोना भाइरसको संक्रमण देखिएपछि वडा कार्यालय बन्द गरिएको हो ।

बिर्तामोडको ७, ८ र ९ नम्बर वडा कार्यालय तीन दिनका लागि बन्द गरिएको वडा नं.९ की वडाध्यक्ष पवित्रा पाठकले बताइन् । वडाका कर्मचारी र संक्रमित व्यक्तिको सम्पर्क देखिएकाले कार्यालय बन्द गरिएको हो ।

कोरोना सङ्क्रमणका बीच पनि बिर्तामोड नगर क्षेत्रभित्र वडा तहमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने काम चलिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *