Sajhamanch Archive

विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु

Published: in समाज, स्वास्थ्य by .

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार बराहक्षेत्र नगरपालिका वडा नं.५ का ३७ वर्षीय पुरुषको बिहान ६ः५० बजेतिर मृत्यु भएको हो ।

पुरुषको शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

उपचारका लागि आइतबार साँझ ६ः२५ बजे नोबेल ल्याइएका उनलाई राति १२ बजे कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।दुवै मृगौला फेला भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको दाहालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *