Sajhamanch Archive

आजको मौसम यस्तो छ

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । आज पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही जिल्लामा हल्का पानी पर्ने अनुमान गरिएको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले बताइन् । देशका बाँकी भू-भागमा भने सामान्यता मौसम सफा रहनेछ । मौसमविद् पोख्रेलका अनुसार अब यो वर्षका लागि मौसम सक्रिय भएर ठूलो पानी पर्ने सम्भावना भने छैन ।

भोलि र पर्सिको मौसम पनि सामान्यतया सफा नै रहनेछ । केही दिनयता मनसुन खासै सक्रिय छैन । अब छिट्टै बैठक बसेर औपचारिक रुपमा मनसुन बाहिरिएकोबारे जानकारी गराइने मौसमविद् पोख्रेलले बताइन् । बिस्तारै चिसो भने बढ्न थालेको छ । केही दिनयता न्यूनतम तापक्रम घट्दै गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *