Sajhamanch Archive

हँडिया रेगुलेटर गोष्ठी सम्पन्न

Published: in राष्ट्रिय समाचार by .

चारआली । हँडिया रेगुलेटर सिंचाई जल उपभोक्ता संस्थाको आयोजनामा हिउँदे बाली व्यवस्थापन सम्बन्धी सरोकारवालासंगको अन्तरक्रिया आइतबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शंकरप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन सिंचाई कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद तिवारीको प्रमुख आतिथ्य तथा कृषि सेवा केन्द्र चारआलीका प्राविधिक सहायक कविता पौडेलको विशेष आतिथ्य रहेको थियो ।

अन्तरक्रियामा संस्थाका ६ वटा समूहका ६० जना उपभोक्ताको सहभागिता रहेको थियो । हँडिया रेगुलेटर आयोजनाको यसै आर्थिक वर्षमा निर्माण सम्पन्न भएपछि मेचीनगर १४ को ३०० हेक्टर जमिनमा १२ महिना पानी सञ्चालन हुने भएपछि हिउँदे बालीसमेत सहज रुपमा लगाउन सकिने जनाइएको छ ।

हिउँदे खेती गर्न मल बीऊको सहुलियत उपलब्धताका लागि अन्तरक्रियामा उपभोक्ताहरुले आवाज उठाएका थिए । कार्यक्रममा कोल्ने वक्ताहरुले कार्यालय समायोजन प्रक्रियामा रहेकाले आफ्ना सबै समस्याहरु स्थानीय तह मार्फत प्रेषित गर्न सुझाव दिएका छन् ।

नेपाल सरकारको पाँच करोडको लागत सहभागितामा निमार्णाधिन अवस्थामा रहेको सो आयोजनालाई कृषि क्षेत्रमा यहाँको मुहार फेर्ने आयोजनाको रुपमा हेरिएको छ ।

संस्थाका सदस्य गोपीराज मैनालीले शाब्दिक स्वागत तथा कोषाध्यक्ष अभिनारायण मैनालीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव अनिल ढुंगानाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *