Sajhamanch Archive

करेन्ट लागेर झापामा एकजनाको मृत्यु

Published: (Updated: ) in समाज by .

बिर्तामोड । करेन्ट लगाएर माछा मार्ने क्रममा झापा बिर्तामोडको नगरपालिका वडा नं.१० मा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

पाँचथर फिदिमका २४ वर्षीय शिव तुम्बाहाम्फेको करेन्ट लागेर मृत्यु भएको हो । उनीसँगै माछा मार्न गएका स्थानीय हरिप्रसाद रिमाल घाइते भएका छन् । उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

तुम्बाहाम्फे केही दिनअघि बिर्तामोड नगरपालिका वडा नं.१० स्थित ठूलीआमाको घर चमरधाप आएका थिए । ठूलीआमाको घर नजिकैको नालामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *