Sajhamanch Archive

सरगम संगितालयद्धारा कलाकार कल्यणकारी कोष समिति गठन

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, समाज by .

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सरगम संगितालयले कलाकार कल्यणकारी कोषको समिति गठन गरेको छ ।

सरगम संगीतलयको हल भित्र एक कार्यक्रमको आयोजना गरी समिति गठन गरिएको हो ।  कलाकार कल्यणकारी कोषको समितिमा सरगम प्रशिक्षण अध्यक्ष दीपक रायमाझी ,उपाध्यक्ष मनी बर्देवा, सचिव मदन चुडाल, उपसचिव राम चन्द्र नेपाल,कोषाध्यक्ष श्रद्धा प्रसाईं रहेको छ्न भने सदस्य तर्फ हर्क बहादुर खाती, प्रमेश राई,लीला बस्नेत,कुमार कडरिया,राम तिम्सिना,कुमार पौडेल,सुनिता लेप्चा र गीता भट्टराई तिवारी लगाएतका रहेको छ्न ।

 बिगत दुई दशकदेखि संगित विद्यालय सरगममा विद्यार्थीहरुलाई दिपक रायमाझी र मणी बर्देवाद्घारा प्रशिक्षण गराई राखेका छन् । पछिल्लो समयमा सरगमले समाजिक क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरि समाज सेवामा सक्रिय रुपले अघि बढिरहेको छ ।

कल्याणकारी कोषका अध्यक्ष रायमाझीका अनुसार नेपालमा पहिलो पटक यस किसिमको संस्था सुरुवात गरिएको बताएका छ्न । रायमाझिका अनुसार संस्थामा बिभिन्न ठाउँ जिल्ला र कलाकारीतामा आबद्ध सम्पुर्ण नेपालीहरुले बुझन्न र सबै लागि पर्नुपर्न बताउदै ,अब कलाकारहरुमा पर्ने दुवीदाहरु छिट्टै निर्मुल हुने बताए ।

यस कोषमा नेपाली कलाकार जो दिन भर आफ्नो पेशाले लाखौँ दर्शकलाई मनोरञ्जन दिएर रोग र गरिबीको चपेटाले दिनदिनै मरिरहेका छन । ठुलाठुला प्राणघातक रोगहरुको त कुरा छाडौँ सामान्य ज्वरो आउदा समेत सिटामोल खाने खर्च जुटाउन नसक्ने अवस्थाका कलाकारहरु,जो बिभिन्न प्रतिभाहरुले सम्पन्न भएता पनि गरिबी र ठाउ नपाएका त्यस्ता व्यक्तिहरुलाई कल्याणकारी कोषद्वारा उद्धार गरिने सरगम प्रशिक्षक एवम कोषाका अध्यक्ष दिपक रायमाझीले जानकारी दिए

गीत संगीत र कलामा क्षेत्रमा लागेको समस्त कलाकारहरु लाई अब रोग र भोकले मार्न नपरोस् भन्ने मुख्य उदेश्य बोकेको यस संस्था सम्र्पुण नेपालीहरुलाई एकजुट भई लागि परि कलाकार पेशामा होमिएका सबै जगतलाई रक्षा गर्नु सबैको दायित्व रहेकाले सक्ने आर्थिक सहयोग सेवा स्वरुप कोषमा जम्मा गर्न सबैमा अपिल गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *