Sajhamanch Archive

पाँच महिलासहित झापामा थप ११ जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५ महिला र ६ पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरमा ४ जना , अर्जुनधारामा २ जना र दमकमा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार भद्रपुरका १ महिला र ३ पुरुषमा संक्रमण भएको छ । उनीहरु वडा नं. ४, ८ र १० का हुन् । संक्रमितमध्ये एकजना बैंकका कर्मचारी छन् भने २ जना स्वास्थ्यकर्मी रहेको जनाइएको छ । एकजना स्थानीय रहेका छन् ।

अर्जुनधारा नगरपालिकामा एक महिला र एक पुरुष छन् । उनीहरु वडा नं. १ र ३ का हुन् । ४८ वर्षीया र ५५ वर्षीय उनीहरु स्थानीय हुन् ।

त्यस्तै, दमकमा ३ महिला र २ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । वडा नं. ५ र ८ का उनीहरु सबै स्थानीय रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

झापामा हालसम्म संक्रमितको संख्या ११२१ पुगेको छ भने ८८९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *