Sajhamanch Archive

थ्रिबम पथ सडकमा धमाधम कालोपत्र

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by .

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ धाइजन चोकदेखि वडा नं.११ जोडने थ्रिम पथ सडक खण्ड धमाधम कालोपत्रे भइरहेको छ ।

गत आर्थिक वर्षको बजेटबाट धाइजन चोकदेखि माथिल्लो मेचे बस्तीसम्मको सडक कालोपत्रे गरिएको थियो । सोही सडकको बाँकी खण्डमा यसवर्ष माथिल्लो मेचे बस्तीदेखि फाइटर चोकसम्म कालोपत्रे गर्ने कार्य सुरु भएको हो ।

प्रतिनिधिसभाका सदस्य राम कार्कीको पहलमा सङघीय सरकारबाट ५० लाख रूपैयाँ र मेचीनगर नगरपालिकाको ५० लाख रूपैयाँ गरि एक करोड रूपैयाँको लागतमा निर्माण सुरु गरिएको मेचीनगर नगरपालिका वडा नं.१२ का वडाध्यक्ष नरेन्द्र धिमालले बताएका हुन् ।

सडक कालोपत्रे भएसँगै जनताको जीवनस्तरमा परिवर्तन आउने वडाध्यक्ष धिमालको विश्वास छ । गत वैशाखमा नयन कन्सट्रक्सनलाई १ करोडमा ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाइएको हो । यसवर्षको बजेटबाट करिब ७५० मिटर सडक निर्माण गर्ने र आगामी वर्षसम्म वडा नं.११ लाई जोडने योजनामा रहेको वडाध्यक्ष धिमालको भनाई छ ।

सम्झौता अनुसार समयमा नै निर्माण कार्य सम्पन्न गर्ने योजना भएपनि लकडाउनका कारणले समयमा कालोपत्रेको काम गर्न नसकिएको ठेकेदार नयन बरालले बताए । काममा अवरोध नभए चाँडै नै कालोपत्र सक्ने बरालको भनाई छ ।

बर्खामा हिलो र हिउँदमा धुलो खानुपर्ने समस्याले स्वास्थ्यमा आएको नकारात्मक असर सडक कालोपत्रे भएपछि केही राहत मिल्ने स्थानीय रामबहादुर प्रसाईं बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *