Sajhamanch Archive

आईपीएल : कोलकाताविरुद्ध बैंगलोरको शानदार जित

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत रोयल्स च्यालेन्जर्स बैंगलोरले पाँचौ जित निकालेको छ ।

सोमबार भएको खेलमा बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो । सेख ज्यायद क्रिकेट स्टेडियममा बैंगलोरले कोलकातालाई जितका लागि दिएको १९५ रनको लक्ष्य पछएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ११२ रन बनायो ।

कोलकाताका लागि शुभम गिलले सवोधिक ३४ रन बनाए । त्यस्तै आन्द्रे रशेल र राहुल त्रिपाठीले समान १६–१६ रन जोडे । बलिङतर्फ बैगलोरका लागि क्रिस मोरिस र वासिन्टम सुन्दरले समान दुई–दुई विकेट लिए । त्यस्तै नवदीप शैनी, मोहमद सिराज, युजेभेन्द्र चहाल र इस्रु उडानले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डिभीलियर्सले नट आउट अर्धशतकीय पारी खेले । ३३ बल खेलेका उनले ७३ रन बनाए । त्यस्तै एरोन फिन्चले ४७ रन बनाउँदा कप्तान विराट कोहलीले ३३ रन बनाए । बलिङतर्फ कोलकक्ताका लागि प्रशिद कृष्ण र आन्द्रे रसेलले समान एक–एक विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *