Sajhamanch Archive

बिर्तामोड बायोग्याँस जडानमा प्रदेश १ कै उत्कृष्ट

Published: in प्रदेश तह, समाज, स्थानीय तह by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका बायोग्याँस जडानमा प्रदेश १ कै उत्कृष्ट बनेको छ ।

नगर क्षेत्रका तीन सय भन्दा बढी लक्षित वर्गको घरमा बायोग्याँस जडान गरेको बिर्तामोड नगरपालिका प्रदेश १ कै उत्कृष्ट बनेको हो । नेपाल बायोग्याँस प्रर्वद्धन संघ प्रादेशिक कार्यालय विराटनगरले उत्कृष्ट नगरपालिका घोषणाका साथ आज एक कार्यक्रमका बीच नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई सम्मान पत्र प्रदान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नगरप्रमुख शिवाकोटीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

‘विश्वमा बढिरहेको ऊर्जा संकटलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाले नवीकरणीय उर्जाको क्षेत्रमध्ये घरेलु बायोग्याँस जडानमा उत्कृष्ट कार्य गरी स्वच्छ वातावरण वन विनास, स्वास्थ्य सुधारका निम्ति प्रदेश १ कै उत्कृष्ट नगरको रुपमा कार्यक्रम सञ्चालन गर्नुभएको हुँदा यहाँको अझ सशक्त मनोवल प्रेरित रहोस् भनी उत्तः कार्यको उच्च सम्मानका साथ यो सम्मान पत्र प्रदान गर्दछौँ’ सम्मान पत्रमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *