Sajhamanch Archive

आईपीएल : चेन्‍नईको तेस्रो जित

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत चेन्‍नई सुपर किङ्सले तेस्रो जित निकालेको छ ।

मंगलबार भएको खेलमा चेन्‍नईले सनराइजर्स हैदरावादलाई २० रनले पराजित गरेको हो । दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चेन्नईले हैदरावादलाई जितका लागि दिएको १६८ रनको लक्ष्य पछएको हेदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनायो ।

हैदरावादका लागि केन विलियमसनले अर्धशतकीय पारी खेले । ३९ बल खेलेका उनले ५७ रन बनाए। त्यस्तै जोनी बेरेस्टोले २३ रन जोड्दा प्रियम गर्ग १६ तथा राशिद खानले १४ रनको योगदान गरे ।

बलिङतर्फ चेन्नईका लागि डुइन ब्राभो र करन शर्माले समान दुई-दुई विकेट लिए । त्यस्तै श्यम करन, रवेन्द्र जडेजा र शार्दुल ठाकुरले समान एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।

चेन्नईका लागि शेन वाट्सले सर्वाधिक ४२ रनको योगदान गरे । त्यस्तै अम्बिती रायडुले ४१ रन जोड्दा श्यम करन ३१, महेन्द्र सिंह धोनी २१ र रवेन्द्र जडेजाले २५ रनको योगदान गरे । बलिङतर्फ हैदरावादका लागि सन्दीप शर्मा, अहमेद र थंगारसुन नटराजनले समान दुई-दुई विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *