बुधबार झापामा थपिए ४१ कोरोना संक्रमित
Published: (Updated: )
by .बिर्तामोड । पछिल्लो समय झापा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढ्न थालेको छ । बुधबार जिल्ला ४१ जना संक्रमित थपिएका छन् ।
जसमा १० महिला र ३१ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय फोकल पर्सन जीवन चौलागाईले बताए ।
भद्रपुर नगरपालिकामा मात्रै ९ कैदीबन्दीसहित १४ जना संक्रमित थपिएका छन् ।
मेचीनगरमा नगरप्रमुख विमल आचार्यसहित सात जनामा सङ्क्रमण देखिएको छ । बिर्तामोडमा दुई जना कर्मचारी र तीन जना स्वास्थ्यकर्मीसहित छ जनामा सङ्क्रमण देखिएको छ ।
दमकमा चारजना, अर्जुनधारा बुद्धशान्ति र कनकाई नगरपालिकामा तीन र तीन जनामा सङ्क्रमण देखिएको छ । कनकाईका संक्रमितमध्ये दुईजना कर्मचारी हुन् ।
गौरादहमा एकजनामा संक्रमण देखिएको छ । नयाँ थपिएकासँगै झापामा संक्रमितको संख्या १ हजार १ सय ६७ पुगेको छ । आजसम्म ९११ जना संक्रमित डिस्चार्ज भएका छन् ।
झापामा सक्रिय संक्रमितको संख्या २४४ रहेको कोरोना फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए । झापामा कोरोना संक्रमणका कारण अहिलेसम्म १२ जनाको ज्यान गएको छ ।
Comments