Sajhamanch Archive

जीवन र मृत्युसँग लडिरहेछन् नायक फराज खान, सहयोगको अपिल

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

रानी मुखर्जीको फिल्म ‘मेहेन्दी’ मा उनको श्रीमानको भूमिका निभाइसकेका अभिनेता फराज खान आजकाल बेंगलुरुको अस्पतालमा जीवन र मृत्युसँग लडिरहेका छन् । ब्रेन इन्फेक्सनपछि उनलाई आइसीयूमा राखिएको छ । फराजको परिवारले उनका लागि अनलाइन फन्डको अपिल गरेका छन् । हालै फिल्म निर्माता पूजा भट्टले पनि फराज खानका लागि ट्वीटरमा एउटा पोस्ट सेयर गरेकी छिन् जसमा उनले मद्दतको अपिल गरेकी छिन् ।

पूजा भट्टले आफ्नो ट्वीटमा फराज खानको तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘कृपया जति सक्नुहुन्छ त्यति सेयर र योगदान गर्नुहोस् । मैले पनि गरिरहेको छु । तपाईंहरुको थोरै योगदानका लागि पनि असाध्यै आभारी हुनेछु ।’

फराजलाई रोगले तीनपटक अचानक आक्रमण गरिसक्योः

यसैबीच फराजका कान्छा भाइ फरहानले टाइम्स अफ इन्डियालाई दिएको अन्तरवार्तामा भनेका छन्, ‘फराज पछिल्लो एक वर्षदेखि खकार र छाती दुख्ने समस्याले ग्रस्त छन् तर अब उनको स्थिती निकै नै बिग्रिसकेको छ त्यसैले उनलाई विक्रम अस्पतालमा भर्ना गरिएको छ । त्यहाँ डाक्टरका अनुसार उनको दिमागमा हर्प्स इन्फेक्सनका कारण उनलाई लगातार तीनपटक रोगले आक्रमण गरेको छ । त्यसैले पनि उनको स्वास्थ्य थप खराब भएको छ ।’

तुरुन्त २५ लाख आवश्यकः

फरहानले थपे, ‘फराजको उपचारका लागि तत्काल २५ लाखको आवश्यकता छ । उनी पछिल्लो पाँच दिनेदेखि भेन्टिलेटरमा छन् । डाक्टरले उनी बाँच्ने सम्भावना ५० प्रतिशत रहेको बताएका छन् ।’

फराज र फरहान खान बलिउड अभिनेता युसूफ खानका छोरा हुन् । फराजले मेहेन्दीबाहेक फरेब, पृथ्वी, दुल्हन बनूं मे तेरी जस्ता फिल्ममा काम गरेका छन् । यसबाहेक उनले केही टिभी शोमा पनि भाग लिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *