Sajhamanch Archive

बुद्धशान्तिमा यात्रु सहायता कक्ष स्थापना

Published: in समाज, स्थानीय तह by .

बुद्धशान्ति । नजिकिँदै गरेका चाडपर्व दशैँ, तिहार, छठलाई लक्षित गर्दै झापाको बुद्धशान्तिमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। ट्राफिक प्रहरी पोस्ट बुधबारे कार्यालयले बुधबार यात्रु सहायता कक्ष स्थापना गरेको हो।

दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय बुधबारेका प्रमुख गणेश कार्कीले बताएका छन् ।

‘विजयादशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको हो,’ प्रमुख कार्कीले भने, ‘भाडामा यात्रु ठगिने, सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र यात्रुलाई समस्या परेका खण्डमा सहायता गर्न यात्रु सहायता कक्षले सहयोग गर्नेछ।’

सहायता कक्षमा समस्यामा परेका यात्रुलाई समयमै आफ्नो यात्राका लागि सहयोग गर्नका लागि यो कक्ष स्थापना गरिएको बताइएको छ । यसका साथै यात्रुलाई थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू सोध्न सक्ने बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *