Sajhamanch Archive

झापामा तीन स्वास्थ्यकर्मीसहित ५४ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । पछिल्लो २४ घण्टामा झापामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १९ महिला र ३५ पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरका ४ महिला, ३ पुरुष, बिर्तामोडका ७ महिला, २३ पुरुष, अर्जुनधाराका ६ महिला, ४ पुरुष, कन्काईका एक पुरुष, बुद्धशान्ति १ महिला, दमकका १ महिला, २ पुरुष, कमल र गौरादहका १–१ पुरुष गरि ५४ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये अर्जुनधाराका २ र कन्काईका १ जना स्वास्थ्यकर्मी रहेको र अन्य सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।

झापामा हालसम्म संक्रमितको संख्या १२२१ पुगेको छ भने ९१२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *