Sajhamanch Archive

होक्से कृषि सहकारीद्वारा पत्रकार तिम्सिनासहित ९ जना सम्मानित

Published: in समाज, सहकारी by .

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.१ मा रहेको होक्से कृषि सहकारी संस्थाले आफ्नु ११ औं वार्षिक साधारणसभाको अवसर पारेर बिहीबार पत्रकार, कृषक र विद्यार्थीलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरूमा वर्ष उत्कृष्ट पत्रकार तीर्थ तिम्सिना सहित उत्कृष्ट सेयर सदस्य देविप्रसाद बजगाईं, असल दूध उत्पादक कृषक शोभा समाल मगर, उत्कृष्ट बचतकर्ता यसोदा शर्मा तिम्सिना, उत्कृष्ट ऋणी निर्मला भट्टराई, उत्कृष्ट समूह संयोजक चन्द्रमणी बराल, उत्कृष्ट रिचार्जकर्ता देवि बराल र उत्कृष्ट विद्यार्थीमा छात्र रोहन कार्की र छात्रा हिमाली ल्वागुनलाई सम्मान गरेको छ ।

उनीहरुलाई अध्यक्ष मोहनप्रसाद तिम्सिना, प्रमुख अतिथि चन्द्र कोइराला लगायतले दोसल्ला, सम्मान पत्र तथा नगदले सम्मान गरेका थिए ।

सञ्चारको माध्यमबाट सहकारी क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर गर्दै तिम्सिनालाई सम्मान गरिएको संस्थाका अध्यक्ष मोहन तिम्सिनाले बताएका छन् । उनी झापाको बिर्तामोडबाट प्रकाशित विवेचना दैनिक तथा बुद्धशान्तिबाट प्रकाशित हुने पूर्वेली साप्ताहिकका सह सम्पादक रहेका छन् ।

संस्थाका अध्यक्ष मोहन तिम्सिनाको सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथि नेपालकै दोस्रो सहकारी जनकल्याण सहकारी संस्था बुधबारेका अध्यक्ष चन्द्र कोइराला रहेका थिए ।

ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीको सभाहलमा भएको साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि कोइराला, ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीका संचालक चन्द्रमणी बराल, सम्मानित पत्रकार तीर्थ तिम्सिना, लगायतले आ -आफना धारणा राखेका थिए ।

संस्थाका उपाध्यक्ष गुरुभक्त घिमिरेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक पर्शुराम नेपाल र कर्मचारी टेकनाथ ढकालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *