Sajhamanch Archive

आईपीएल : अन्तिम बलमा पन्जाबको जित

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत किङ्स इलाभेन पन्जाबले दोस्रो जित निकालेको छ ।

बिहीबार भएको खेलमा पन्जाबले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो । शाराझा क्रिकेट स्टेडियममा बैंगलोरले पन्जाबलाई जितका लागि दिएको १७२ रनको लक्ष्य पछएको पन्जाबले निर्धाति २० ओभरमा २ विकेट गुमाउँदै १७७ रन बनाएको हो ।

पन्जाबका लागि के एल राहुल र क्रिस गेलले अर्धशतीकय पारी खेले । ४९ बल खेलेका राहुलले ६१ रन बनाए । त्यस्तै ४५ बल खेलेका गेलले ५३ रन बनाउन सफल भए ।

पन्जाबका लागि मयंक अग्रवालले ४५ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि युजेभेन्द्र चहालले एक विकेट लिन बाहेक अन्य कुनै बलरले विकेट लिन सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

बैंगलोरका लागि विराट कोहलीले सर्वाधिक ४८ रनको योगदान गरे । ३९ बल खेलेका उनले ४८ बनाउन सफल भएका हुन् । त्यस्तै शिभम डुबेले २३ रन बनाउँदा,क्रिस मोरसले २५, अरोन फिन्चले २० रनको योगदान गरे । बलिङतर्फ पन्जाबका लागि मोहमद स्वामीले र मर्गान अश्विनले समान दुई–दुई विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *