Sajhamanch Archive

कोरोनाको कहरः विर्तामोडमा अतिआवश्यक बाहेकका कामकाज बन्द

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

विर्तामोड । कोरोना संक्रमण तिब्र रुपमा बढ्न थालेपछि विर्तामोड नगरपालकाले अतिआश्यक बाहेकका कामहरु बन्द गर्ने निर्णय गरेको छ ।

विर्तामोड नगरकार्यापालिकाले आज बसेको बैठकले कार्तिक ६ गतेसम्मका लागि नगर तथा सम्पूर्ण वडाकार्यालयबाट प्रदान गरिने अतिआवश्यक काम बाहेक अन्य कामकाज बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले नगर क्षेत्र भित्रका बैंक वित्तिय संस्था तथा सहकारीहरुले प्रदान गर्ने सेवाहरुमा नगद लिने तथा दिइने काम बाहेक अन्य सेवा बन्द गर्ने भएको छ । सेवाग्राहीले भौतिक दुरी कायम गरी मास्क तथा सेनिटाइजरको प्रयोग गरेरमा मात्र सेवा लिन पाउँने छन् ।

त्यसतै अतिवश्यक बाहेक बिद्युत महसुल, खानेपानी महसुल, टेलिफोन महसुल लगायतका सेवा समेत बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

विजयादशमीको अवसरमा नगरपालिका क्षेत्र भित्र रहेका मठ मन्दिर, पिठमा हुने धार्मिक तथा सांस्कृतिक पूजा, मेला, जात्रामा हुने आम भेला र सहभागितालाई कम गर्ने, गर्नै पर्ने पूजा विधि न्यून भक्तनजको उपस्थितिमा मात्र गर्न नगरपालिकाले सुझाएको छ ।

यस वर्षको विजयादशमीको टिका लगाउने आर्शिवाद लिने धार्मिक एवम सास्कृतिक प्रचलनलाई घर घर मै मनाउन नगरपालिले भनेको छ ।

नगरपालिका क्षेत्रभित्र हुने सबै प्रकारका तालिम गोष्ठी, सम्मेलन आदि कार्यहरु हाललाई स्थगन गर्नुका साथै राजनीतिक दल, संघ संस्थाहरुले गर्ने बैठक भेला र शुभकामना आदानप्रदान जस्ता कार्यक्रम नगर्न अनुरोध नगरपालिकाले अनुरोध गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *