Sajhamanch Archive

प्रहरी दिवसमा सम्मान कार्यक्रम

Published: (Updated: ) in लोकप्रिय, समाज by .

झापा । जिल्ला प्रहरी कार्यालय झापाले ६५औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी, शहीद प्रहरीका परिवार र एसइईमा उत्कृष्ट अङ्क ल्याउने प्रहरीका सन्ततीलाई आज सम्मान गरेको छ ।

कार्यालयले उत्कृष्ट कर्मचारी प्रहरी नायब निरीक्षक उदयशम्शेर रानासहित आठ जनालाई नगदले सम्मान गरेको हो । सो अवसरमा गौरादह नगरपालिका वडा नं.७ मा प्रहरी चौकी स्थापनाका लागि निःशुल्क जग्गा प्रदान गर्ने पाँच जना दातालाई पनि सम्मान गरेको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले स्थापना गरेको प्रहरी सन्तती जेहेन्दार पुरस्कारबाट झापा गाउँपालिकास्थित कमुरखोद इलाका प्रहरी कार्यालयका प्रमुख हरिबहादुर थापाकी छोरी दुर्गा थापा र पूर्वप्रहरी हवल्दार जीवन ढकालका छोरा सुरज ढकाललाई नगद रु १० हजारका दरले सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

सो अवसरमा ४५ जना अमर प्रहरी परिवारका सदस्यलाई समेत सम्मान गरिएको छ । उनीहरु सबैलाई प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सम्मान गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *