आदर्श चौकमा सार्वजनिक धारा जडान
Published:
by .बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको वडा नं.३ स्थित आदर्श चौकमा सार्वजनिक धारा जडान गरिएको छ ।
शहीद चन्द्र मार्ग हुँदै हल्दीबारी, जलथल जाने यात्रीहरुको सुविधाका लागि आदर्श चौकमा सार्वजनिक खानेपानीको व्यवस्था गरिएको हो ।
कुल ५५ हजार ७ सय रुपैयाँको लागतमा सो सावैजनिक धारा निर्माण गरिएको आदर्श चौक सार्वजनिक धारा निर्माण समितिका अध्यक्ष युवराज रोक्काले बताए ।
उद्घाटन कार्यक्रममा समितिका अध्यक्ष रोक्काले धारा जडान गर्दा भएको खर्च विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाको वडा नं.३ का वडाध्यक्ष भोजराज सिटौला, स्थानीय समाजसेवी कुष्णबहादुर दाहाल आदर्श टोल विकास संस्थाका अध्यक्ष कुमार दाहाल , आदर्श नव युवा क्लवका अध्यक्ष भुपाल दाहाल, बिर्ता प्रहरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष केशव पाठकगायतको उपस्थिति रहेको थियो ।
Comments