Sajhamanch Archive

जिल्ला रेडक्रस झापाद्वारा कोभिड १९ को अभिमुखीकरण तालिम सम्पन्न

Published: (Updated: ) in लोकप्रिय, समाज by .

झापा । नेपाल रेडक्रस सोसाईटी झापा शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी उपशाखा कुमरखोदको समन्वयमा एकदिवसीय अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

युनिसेप नेपालको साझेदारी तथा झापा गाउँपालिकाको सहकार्यमा झापा गाउँपालिका १ र २ वडा स्तरीय सहयोगी कार्यदललाई शुक्रबार कोभिड– १९ को बारेमा अभिमुखीकरण तालिम दिएको हो ।

नेपाल रेडक्रस सोसाईटी झापाका फोकल पर्सन भक्तबहादुर विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा कोभिड– १९बाट कसरी बाँच्न सकिन्छ, समाजमा गएर कसरी कोभिडको बारेमा जनचेतना फैलाउन सकिन्छ र सावुन पानीले हात धुने तरिका सिकाइएको थियो ।

त्यसैगरी, झापा गाउँपालिका स्वास्थ्य प्रमुख लक्ष्मण विश्वकर्माले भने अब सरकारले नयाँ नियम लागू गरेको बताए। बाहिरबाट आउने मानिसले कम्तीमा १४ दिन क्वारेन्टाइममा बस्नु पर्छ । पिसीआर चेकजाँच हुँदैन, स्वास्थ्यमा धेरै समस्या आए मात्र पिसीआर चेकजाँच हुन्छ । क्वारेन्टाईमको हकमा भने घरमा सुविधा हुनेले होम क्वारेन्टाईनमा बस्ने तर जानकारी चाँही गराउने र घरमा सुविधा नहुनेले झापा गा. पा. ले तोकिएको ठाउँमा आएर क्वारेन्टाईमा बस्ने जानकारी गराइएको छ ।

गाउँपालिका– २को सामुदायिक भवनमा भएको कार्यक्रममा वडाध्यक्ष राजकुमार यादव, नेत्रबहादुर खड्का, कुमरखोद रेडक्रस सभापति सुन्दरलाल गणेश लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *