Sajhamanch Archive

झापामा थप ३० जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आज जिल्लाका ९ पालिकामा संक्रमित थपिएका हुन् । सबैभन्दा बढी बिर्तामोडमा एकजना स्वास्थ्यकर्मीसहित ९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितको उमेर समूह २० देखि ५८ वर्षका छन् ।

त्यस्तै, भद्रपुरमा २ महिला र ५ पुरुष, दमकमा १ महिला, ३ पुरुष अर्जुनधारामा २ महिला र १ पुरुष, कनकाईमा एक पुरुष संक्रमित भएका छन् । कनकाईका संक्रमित व्यक्तिको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी बुद्धशान्ति र गौरादहमा २-२ जना पुरुष, कमल र शिवसताक्षीमा १-१ पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कुल संक्रमितको संख्या एक हजार २५० जना पुगेको छ भने ९१६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *