खुद्रा साकोसको साधारण सभामा पूर्व सञ्चालकसहित १८ जना सम्मानित
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका दूधे स्थित खुद्रा बचत तथा ऋण सहकारी संस्थाले ३६ लाख ४४ हजार ७७ रुपैया नाफा कमाएको छ । आज सहकारीको कार्यालयमा १४ औं वार्षिक साधारण सभाको उद्घाटनमा २०७६ ÷ ०७७ को आय व्यय प्रस्तुत गर्दै सहकारीले उक्त रकम नाफा कमाएको जानकारी गराइएको हो ।
सहकारीले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्य नजर गर्दै साकोसको कार्यालयमा केही सदस्य उपस्थितिमा साधारण सभाको उद्घाटन गरेको हो । साधारण सभाको उद्घाटन शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले गरेका थिए । सहकारीले अन्य कार्यक्रमहरु सदस्यहरुको घर पायक पर्ने स्थानमा थोरै संख्यामा सदस्य जम्मा गरी पाँच दिन सम्म साधारण सभाको प्रतिवेदन हस्तान्तरण तथा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सहकारीका अध्यक्ष नारायण प्रसाद बजगाईँले जानकारी दिए ।
सहकारीले गएको आ.व.मा १ करोड, ३४ लाख, ६९ हजार ७६६ रुपैया आम्दानी र ९८ लाख २५ हजार ६८९ खर्च गरेको लेखा समिति संयोजक गोविन्द काफ्लेले जानकारी दिए । कोरोना भाइरसको संक्रमणको अवस्थामा पनि सहकारीले लगानी बृद्धि गरी नाफा कमाउन सफल भएकोमा नगरप्रमुख चन्द्रकुमार सेर्माले सञ्चालकहरुलाई धन्यवाद दिएका थिए । उनले सहकारीहरु नाफा मुखी मात्र नभई सामाजिक कार्यमा लागी नगर विकासमा टेवा पु¥याउन समेत सुझाए ।
त्यस्तै सहकारीका अध्यक्ष नारायणप्रसाद बजगाईँले सहकारी सञ्चालनमा विभिन्न चुनौतिहरु आएपनि प्रविधिलाई आत्मसाथ गर्दै सहकारीको समुन्नत विकासमा लाग्ने बताए । आफ्ना सदस्यहरुलाई सहकारीका माध्यमबाट आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम गर्दै संस्थालाई अझ शसक्त, प्रजातान्त्रिक र पारदर्शी बनाउँदै लैजाने बताए ।
यसैबीच सहकरीले पूर्व सञ्चालकहरुसहित १८ जनालाई सम्मान गरेको छ । सहकारीका पूर्व अध्यक्ष सन्तोष मैनाली, सदस्यहरु पूर्व लेखा समिति संयोजक श्रीप्रसाद खरेल र पूर्व सदस्यहरु दिपक गिरी दुर्गाप्रसाद भट्टराई, हरिकुमार थापा, आशाकुमारी तामाङ्गलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरेको थियो । त्यस्तै ज्येष्ठ सदस्यहरुमा बृहस्पति प्रसाई, प्रेमप्रसाद ढकाल, धनकुमारी न्यौपाने, भुवानीदेवी खड्कालाई सम्मान गरिएको छ । असल बचतकर्तामा देवेन्द्र जवेगू, मानबहादुर कार्की र असलल ऋण बुझाउनेहरुमा अम्बिका प्रधान र रीता हजाम (ठाकुर)लाई सम्मान गरिएको थियो ।
त्यसैगरी सदस्यहरुका छोरा छोरीहरु सामुदायिक विद्यालय र संस्थागत विद्यालयबाट उत्कृष्ट जिपिए ल्याउने छात्रा छात्राहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो । जसमा सचिन राजवंशी, सीता विद्या सिग्देल, विनिसा पाण्डे र विशाल तामाङ रहेको छन् ।
कार्यक्रममा सतासीधाम बहुमुखी क्याम्पसका प्राचार्य उमानाथ दाहाल, पूर्व अध्यक्ष सन्तोष मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । सहकारीका उपाध्यक्ष जापान थेवेले स्वागत गरेको कार्यक्रमको सञ्चालन कर्मचारी लोकनाथ खनालले गरेका थिए ।
Comments