Sajhamanch Archive

सचेतनाका लागि एनएमसी शिवगञ्जले गर्यो बजार सरसफाई

Published: in सहकारी by .

शिवगञ्ज । आफ्नो संस्थाका शेयर सदस्यहरुलाई स्वास्थ्य तथा वातावरणीय चेतना जागृत गराउने उद्देश्यले एनएमसी शिवगञ्जले सोमबार शिवगञ्ज बजार सरसफार्इ गरेको छ ।

आफ्नो कार्यालय परिसरदेखि आसपास सरसफाई गरी छरछिमेकीलाई पनि सरसफार्इ सम्बन्धी सचेतना प्रदान गरिएको संस्थाका प्रदीप लम्सालले जानकारी दिएका छन् ।

दूधे कार्यालयगत समितिका सदस्यहरु, शिवगञ्ज कार्यालय अन्तर्गतका इकार्इ समितिहरु एवम् शिवगञ्ज कार्यालयका कर्मचारीहरुको सहभागितामा सरसफाई गरिएको हो ।

कार्यक्रममा २६ जना शेयर सदस्यहरु समेतको उपस्थिती रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *