Sajhamanch Archive

सुनको भाउ प्रतितोला २ सय रुपैयाँले सस्तियो

Published: in अर्थतन्त्र by .

काठमाडौं । सुनको भाउ सामान्य घटेको छ । गत शुक्रबारको तुलनामा आइतबार तोलामा २ सय रुपैयाँले सुन सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवासायी महासंघले आइतबारका लागि छापावाल सुन तोलाको ९४ हजार ७ सय तोकेको छ । गत शुक्रबार तोलाको ९४ हजार ९ सय थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा दुई सय रुपैयाँले नै घटेर ९४ हजार २ सय कायम भएको छ । चाँदी भने आइतबार पनि तोलाको १२ सयमै स्थिर रहेको महासंघले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *