Sajhamanch Archive

दुई पटकसम्म सुपर ओभर, अन्ततः पन्जाबको जित

Published: in खेलकुद by .

एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत किङ्स इलाभेन पन्जाबले सुपर ओभरमा मुम्बईलाई हराउँदै जित हासिल गरेको छ ।

आइतबार भएको खेलमा पन्जाबले मुम्बईलाई दोस्रो सुपर ओभरमा पराजित गरको हो । पहिलो सुपर ओभर बराबरी भएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो । दोस्रो सुपर ओभरमा मुम्बईद्धारा १२ रनको लक्ष्य पाएको पन्जाबले दुई बल बाँकी रहँदै १५ रन बनाएको थियो ।

पहिलो सुपर ओभरमा पन्जाबले दिएको ५ रनको लक्ष्य मुम्बईले पनि पाँच रन बनाए पछि सुपर ओभरको खेल पनि बराबरी भएको थियो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईले जितका लागि दिएको १७७ रनको लक्ष्य पछएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

पन्जाबका लागि केएल राहुलले अर्धशतकीय पारी खेले ५१ बल खेलेका उनले ७७ रन बनाउन सफल भए । त्यस्तै क्रिस गेल र निकोलस पुरानले समान २४–२४ रनको योगदान गरे । पन्जाबका लागि दीपक हुड्डाले २३ रन बनाए ।

बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्राहाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै राहुल चहारले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

मुम्बईका लागि क्विइन्टन डीककले अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ५३ रनको योगदान गरे । त्यस्तै कुनाल पाड्या र किरोन पोलार्डले समान ३४–३४ रनको योगदान गरे । मुम्बईका लागि नाथन कट्रेलले २४ रन बनाए ।

बलिङतर्फ पन्जाबका लागि मोहम्मद स्विामी र अर्शदीप सिंहले समान दुई–दुई विकेट लिए । त्यस्तै क्रिस जोर्डान र रवि विश्नोइले समान एक–एक विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *