Sajhamanch Archive

तेस्रो त्रैमासमा ४.९ प्रतिशतले बढ्यो चिनियाँ अर्थतन्त्र

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विश्व समाचार by .

संसारको दोस्रो ठूलो अर्थतन्त्र चीनको कुल ग्राहस्थ उत्पादन तेस्रो त्रैमासमा ४.९ प्रतिशतले बढेको छ।चीनको केन्द्रीय तथ्यांक विभागले सोमबार जारी गरेको विवरणअनुसार गत वर्षको तुलनामा यो अवधिमा चिनियाँ अर्थतन्त्र ४.९ प्रतिशतले बढेको हो।

कोरोनाभाइरसको महामारी सुरू भएपछि यो वर्षको पहिलो त्रैमासमा चिनियाँ अर्थतन्त्र ६.८ प्रतिशतले खुम्चिएको थियो। सन् १९७६मा साँस्कृतिक क्रान्ति सकिएपछि चिनियाँ अर्थतन्त्रको आकार अघिल्लो वर्षको तुलनामा घटेको त्यो पहिलो पटक थियो।

त्यसलगत्तै अर्को त्रैमासमा भने चिनियाँ अर्थतन्त्रले सुधारको गति समातेको थियो। दोस्रो त्रैमासमा चिनियाँ अर्थतन्त्र ३.२ प्रतिशतले बढेको थियो।

कोरोना महामारीले संसारका ठूला अर्थतन्त्र लगातार ओह्रालो लागिरहेका बेला चीनले कोरोनालाई नियन्त्रणमा लिँदै अर्थतन्त्रलाई चलायमान बनाएको हो। यद्यपी तेस्रो त्रैमासको यो वृद्धि विश्लेषकहरूले गरेको अपेक्षाभन्दा केही कम भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। विश्लेषकहरूले तेस्रो त्रैमासमा चिनियाँ अर्थतन्त्र ५.५ प्रतिशतले बढ्ने अनुमान गरेका थिए। ऐजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *