Sajhamanch Archive

मेचीनगर १२ ले बाँड्यो वडावासीलाई बिउबिजन र एकल महिलालाई झुल

Published: (Updated: ) in समाज, स्थानीय तह by .

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ ले एकल महिलालाई झुल र वडावासीलाई बिउबिजन वितरण गरेको छ ।

वडा कार्यालयको बजेटमार्फत २०० जना एकल महिलालाई झुल तथा २ हजार कृषकलाई तरकारीका बिउबिजन वितरण गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले सबै वडावासीलाई वडामा बोलाएर बाँढ्दा जोखिम हुने भएकाले टोल सुधार समितिमार्फत झुल र बिउबिजन वितरण गरिएको वडाध्यक्ष नरेन्द्र धिमालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *