Sajhamanch Archive

बिर्तामोडमा अमृतभोग स्वीट्स एन्ड स्न्याक्स

Published: (Updated: ) in अर्थतन्त्र by .

बिर्तामोड। रेडियो बिराटका सञ्चालक एवम् पत्रकार देबेन्द्र प्रसाईले दुईजना युवा व्यवसायीसँग मिलेर बिर्तामोडमा अमृतभोग स्वीट्स एन्ड स्न्याक्स नामक मिठाई पसल सञ्चालनमा ल्याएका छन् । पसलमा प्रसाईलाई साथ दिनेहरु मारवाडी युवा मञ्च बिर्तामोडका पूर्व अध्यक्ष दिपक मित्तल र पुराना मिठाई व्यवसायी राजु शर्मा पारिक रहेका छन् ।

बिर्तामोड नगरपालिका वडा नंं. ५ स्थित काँकरभिट्टा रोडमा राजमार्ग दक्षिणतिर कालीमन्दिरको छेउमा रहेको अमृतभोगको आज सञ्चालक प्रसाईका पिता विष्णुप्रसाद प्रसाई तथा माता धनमाया प्रसाई र अर्का सञ्चालक मित्तलका पिता प्रयागराज मित्तल तथा माता प्रेम मित्तलले रिबन काटेर उद्घाटन गरे ।

सञ्चालक प्रसाईले अमृतभोगमा ताजा, आफ्नै उत्पादन र मिसावटरहित शुद्ध मिठाइका परिकारहरु विक्री हुने बताए । अमृतभोगमा सिलिगुडीमा मात्र पाइने स्वादिस्ट राजभोग लगायतका ५० किसिमका मिठाइ पाइने र पसलमा ७० लाख रुपैयाँ लगानी भएको अर्का सञ्चालक दिपक मित्तल बताउँछन् ।

भुईंतलामा मिठाई पसल, बीच तलामा खाजा चमेना र माथिल्लो तलामा मिटिङ क्याविनसहित क्याफेको व्यवस्थापन गरिएको लीला अनमोलले जानकारी दिएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *