मेयर शेर्माद्वारा ऐतिहासिक हनुमान मन्दिरको उद्घाटन
Published: (Updated: )
by .कमल । शिवसताक्षी नगरपालिका वडा नम्वर ६ शिवगञ्जमा रहेको ऐतिहासिक हनुमान मन्दिरका उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच पुन निर्मित मन्दिरको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले उद्घाटन गरेका हुन् ।
विक्रम सम्वत् २०३२ सालमा निर्माण भएको ऐतिहासिक हनुमान मन्दिर २०७२ साल बैशाख १२ गते आएको महाभुकम्पका कारण क्षतिग्रस्त भएको थियो । मन्दिरको पुनः निर्माणको काम सम्पन्न भएपछि आजबाट औपचारिक रुपमा मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।
मन्दिरको पुनः निर्माणका लागि १४ लाख ६८ हजार २३६ रुपैया खर्च भएको मन्दिर निर्माण समितिले जनाएको छ । जसमा नगरपालिकाको ८ लाख, वडा नम्वर ६ बाट ५० हजार , दाताबाट संकलन भएको १० लाख ७५ हजार ८९५, अक्षयकोष दाता पुन्य प्रसाद ढकालबाट १ लाख र अन्य विभिन्न क्षेत्रबाट ३० हजार ४ सय गरी जम्मा निर्माणमा २० लाख ५६ हजार २९६ रुपैया जम्मा भएको थियो । जस मध्ये मन्दिर १४ लाख ८८ हजार मन्दिर निर्माणमा खर्च गरिएको छ भने बाँकी ५ लाख ६८ हजार २३६ रुपैया बैंकमा राखी आएको व्याजबाट मन्दिरमा दैनिक पुजागर्नका लागी खर्च गरिने मन्दिर व्यवस्थापन समितकिा अध्यक्ष रामचन्द्र सिटोलाले जानकारी दिए ।
नगरपालिकाकै ऐतिहासिक र पुरानो मन्दिर भएकाले यसको ठुलो महत्व छ । मन्दिर निर्माणमा नगरपालिकाका साथै विभिन्न चन्दा दाता र स्थानिय व्यवसायीको आर्थिक सहयोगमा मन्दिर निर्माणको काम सम्पन्न भएको शिवसताक्षी उद्योघ वाणिज्य संघका अध्यक्ष भोला मैनालीले बताए ।
भुकम्पबाट क्षति ग्रस्त मन्दिर निर्माणका लागि नगरले दिएको रकम मात्र पर्याप्त नभएकाले सबै सहयोगबाट मात्र मन्दिरले पुन निर्माणका काम सम्पन्न भएकोमा नगरप्रमुख चन्द्रकुमार शेर्माले सहयोगी दाताहरुलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा मन्दिरमा हनुमानको मुर्तिदाता चाननमल मित्तल, अक्षयकोष दाता पुन्यप्रसाद ढकाल र अन्जनी अग्रवाललाई सम्मान गरिएको सचिव कमल कन्दङ्गवाले जानकारी दिए ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका उपमेर भोजकुमारी नेपाल, समाजसेवी राधाकृष्ण खनाल, संघ, सस्थाका प्रतिनिधी स्थानिय व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।
Comments