Sajhamanch Archive

झापामा स्वास्थ्यकर्मीसहित थप ४८ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । झापामा थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १९ महिला र २९ पुरुष रहेका छन् ।

भद्रपुरमा ६ महिला, ९ पुरुष, बिर्तामोडमा ६ महिला, ५ पुरुष, गौरादहमा ३ महिला, ३ पुरुष, मेचीनगरमा ३ महिला, ७ पुरुष थपिएका छन् ।

त्यस्तै, अर्जुनधारा, दमक, कमल र बुद्धशान्तिमा एक-एक पुरुष र झापा गाउँपालिकामा एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित सबै स्थानीय बासिन्दा हुन् भने बिर्तामोडका संक्रमितमध्ये ५ जना स्वास्थ्यकर्मी रहेका छन् । दमककी एक महिलाको कोरोनाबाट निधन पनि भइसकेको छ ।

हालसम्म झापामा १ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको छ भने ९८१ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।

No photo description available.

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *