Sajhamanch Archive

आईपीएल : चेन्नाईलाई राजस्थानले ७ विकेटले हरायो

Published: in खेलकुद by .

एजेन्सी । आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नाई सुपर किंग्सलाई राजस्थान रोयल्सले ७ विकेटले हराएको छ ।

चेन्नाईले पेश गरेको १२६ रनको लक्ष्य राजस्थानले १८ औं ओभरमा ३ विकेट गुमाएर भेटायो । अबुधाबीमा सोमबार राति भएको खेलमा राजस्थानका लागि जोस बटलरले नटआउट ७० रन योगदान गरे । कप्तान स्टिभ स्मिथ पनि २६ रनमा नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नाइ सुपर किंग्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको थियो । जडेजा चेन्नाईका टप स्कोरर रहे । ३० बल सामना गरेका उनले ३५ रन बनाए । धोनीले २८ र साम कुरानले २२ रन जोडे ।

राजस्थानका लागि श्रेयस गोपाल, राहुल तेवतिया, जोफ्रा आर्चर र कार्तिक त्यागीले एक–एक विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *