Sajhamanch Archive

बुद्धशान्तिका अध्यक्ष भुजेललाई कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेललाई कोरोना संक्रमण पुष्टि भएको छ । छातीमा समस्या आएपछि उनी विराटनगरको नोवेल अस्पतालमा भर्ना भएका थिए ।

स्वाब परीक्षण गर्दा अध्यक्ष भुजेललाई कोरोना पोजेटिभ देखिएको बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताए । अध्यक्ष भुजेलको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

अध्यक्ष भुजेलसँग सम्पर्कमा आएका र बुद्धशान्तिमा पिसिआर जाँच गरेर रिपोर्टको पर्खाइमा रहेका सबैलाई सुरक्षित तबरले होम क्वारेन्टाइनमा बस्न गाउँपालिकाले अनुरोध गरेको छ ।

गाउँपालिका अध्यक्ष भुजेलले सबैलाई स्वास्थ्य मापदण्ड पूरा गरी कोरोना भाइरससँग बँच्न अनुरोध गरेका छन् । उनले आफू छिट्टै निको भएर जनताको सेवामा लाग्ने पनि बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *