Sajhamanch Archive

कर्णालीको समस्या कर्णालीलाई नै समाधान गर्न दिने समझदारी भएको हो : प्रचण्डको सचिवालय

Published: in प्रदेश तह, राजनीति by .

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रधानमन्त्री केपी ओलीसँग चार बुँदे सहमति नभएको बरु कर्णाली प्रदेशको समस्या त्यहीको पार्टी र सरकारलाई गर्न दिने समझदारी भएको बताएको थियो ।

मङ्गलबार बिहानको भेट र समझदारीलाई प्रधानमन्त्री ओलीको सचिवालयले आफूअनुकूल व्याख्या गरेपछि प्रचण्डका तर्फबाट त्यसको खण्डन आएको हो ।

“नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भएको हो,” प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले विज्ञप्ती जारी गर्दै भनेका छन्, “ उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।”

विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भएको हो ।  उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।

विष्णुप्रसाद सापकोटा ‘जुगल’
प्रेस संयोजक
अध्यक्ष प्रचण्डका निजी सचिवालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *