Sajhamanch Archive

आईपीएल : दिल्ली पन्जाबसँग पराजित

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । किंग्स इलाभेन पन्जाबले यस सिजनको आईपीएलमा चौथौ जित निकालेको छ । मंगलबार भएको खेलमा शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै आईपीएलमा चौथो जित निकालेको हो ।

पन्जाबले दिल्लीले प्रस्तुत गरेको १६५ रनको विजय लक्ष्य एक ओभर बाँकी रहँदा हासिल गर्यो । पन्जाबको टप स्कोरर निकोलस पुरनले ५३ रन योगदान गरे । दिल्लीका शिखर धवनको शतक खेर गयो । दिल्लीका लागि धवनले नटआउट १०६ रन बनाएका थिए ।

पन्जाबको शुरुआत राम्रो थिएन । कप्तान केएल राहुल १५ रनमै आउट भएका थिए । तेस्रो नम्बरमा ब्याटिङमा आएका क्रिस गेलले सुरुवात राम्रो गरे तर २९ रनमा आउट भए ।

तेस्रो विकेट गुम्दासम्म पन्जाबको स्कोर ५६ रन थियो । पन्जाबमाथि दिल्ली हाबी हुन लागेको संकेत देखिएको बेला निकोलस पुरनले पन्जाबको स्कोर उकासे । उनले २८ बलमा ५३ रन जोडे । ग्लेन म्याक्सवेलले ३२ रन योगदान गरे । दीपक होडा १५ र जिम्मी निशम १० रनमा नटआउट रहे ।बलिङतर्फ कागिसो रबाडाले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ सुरु गरेको दिल्लीले शिखर धवनको शतक मद्दतमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । धवनले ६१ बल सामना गर्दा १०६ रन बनाए । आईपीएलको जारी सिजनमा धवनको यो लगातार दोस्रो शतक हो । पन्जाबविरुद्धको खेलमा दिल्लीका  श्रेयस अय्यर र ऋषभ पन्तले १४–१४ रन बनाए ।

पन्जाबका लागि मोहम्मद शामी सबैभन्दा सफल बलर बने । उनले २८ रन खर्चिएर दुई विकेट लिए । ग्लेन म्याक्सवेल, जेम्श निशम र मुरुगन आश्विनले एक–एक विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *